धनी कामीको थरै सच्चिने, गरिब कामीचाहिँ नाममै मात्र मच्चिने ?

धनी कामीको थरै सच्चिने, गरिब कामीचाहिँ नाममै मात्र मच्चिने ?

गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाइएको नागरिकता सच्याउन हालै निर्देशन दिएको छ । विशेषगरी ग्रामीण क्षेत्रका दलित समुदायका सर्वसाधारणको नागरिकतामा त्यस्ता शब्द अत्यधिक प्रयोग हुने गरेको पाइएको छ । विपन्न र अशिक्षित दलित सर्वसाधारणको नागरिकतामा भएको अपमानजनक नाम परिवर्तन गर्न अहिले बल्ल निर्देशन दिइए पनि धनी र सम्पन्न परिवारका दलितको निम्ति भने त्यस्तो सुविधा पहिलेदेखि नै रहेको प्रमाण भेटिएको छ ।

बागलुङका ३४ वर्षे युवकले पटक पटक प्रतिलिपि भन्दै नक्कली नागरिकता लिएको उदाहरण यसका निम्ति काफी छ । जिल्ला प्रशासन कार्यालयबाट २०७३ मंसिर १६ गते प्रतिलिपी भनेर निकालिएका नागरिकतामा आफू अनुकूल विवरण सच्याएको देखिएपछि पहिले सुनार र  पछि क्षेत्री अनि अर्का लामिछाने थर बनाइएका दुई जना शंकाको घेरामा धेरै अघिबाट तानिएका हुन् ।अहिले त कुकुर, गधालगायतका नाम सच्याउन सरकारले निर्देशन दिएको छ । तर, पहिले ती बागलुङका युवकले कसरी थरै सच्याउन पाए ? त्यसतर्फ ध्यान गएको पाईंदैन । किनभने उनीहरुजस्तै धेरै जना त्यस्तो काम गर्नेको परिवार धनी छ । धन भएपछि पहुँच पनि पुग्ने नै भयो । जिल्ला प्रशासन कार्यालयले सजिलैसँग थर परिवर्तनसमेत गरिदियो ।

उता, शेष घलेको भाइ भन्दै देशी विदेशीलाई ठग्दै हिँडेका गमबहादुर लामिछाने पनि त्यसैगरी थर परिवर्तन गर्ने मध्येका एक हुन् । अहिले जेलजीवन बिताइरहेका उनले पनि लमजुङमा थर फेरेको बतान्छ । यी पनि अरुलाई ठगेर धनी भएकामध्ये एक हुन् ।

नेपालमा रातारात कमाउनेहरुले नागरिकतासमेत तलमाथि पार्ने गरेको यी ज्वलन्त नमूना हुन् । अस्ति सोमबार राति क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ परेर जेल चलान भएका अमित श्रेष्ठसँग कुनै न कुनै मोडमा ठोकिएकाहरुमध्ये कतिपयले पनि यसरी नागरिकतामा नाम र थर सच्चाएको भन्नेहरु धेरै छन् ।

टिप्पणीहरू