चीनको छिङताओमा हिमालय एअरलाइन्सकाे चार्टर उडान

चीनको छिङताओमा हिमालय एअरलाइन्सकाे चार्टर उडान

हिमालय एअरलाइन्सले चीनको छिङताओमा कूटनीतिक चार्टर उडान गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका निम्ति गएराति चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान गर्ने विशेषाधिकार प्राप्त गरेको थियो ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एनएजेकेको उडान नम्बर एच९ ७२२०ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति ११ः ७ बजे प्रस्थान गरिएको उक्त जहाज आज बिहान ७ः५५ बजे छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि भोलि दिउँसो तीन बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच९७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु स्वदेशका लागि प्रस्थान गर्ने र दिउँसो ४ः५० मा काठमाडौं आउनुहुँदैछ ।

सन् २०२० मा फैलिएको कोभिड-१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात ठप्प भएको थियो ।

यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा शुरु गरेको थियो ।

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिकानभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान  गरेको हो ।

टिप्पणीहरू