डेढसय विद्यार्थीलाई ज्वरो आएपछि सदरमुकामका विद्यालय बन्द

डेढसय विद्यार्थीलाई ज्वरो आएपछि सदरमुकामका विद्यालय बन्द

विद्यार्थी र शिक्षकहरुमा रुघाखोकी र ज्वरो देखिएपछि लमजुङको बेंसीसहर नगरपालिका–७ को जनविकास मावि र युनिभर्सल एकेडेमी बन्द गरिएको छ । जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।

५० भन्दा बढी विद्यार्थीमा ज्वरोको समस्या देखिएको र एक सय बढी विद्यार्थी सामान्य बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि आज र भोलि विद्यालय बन्द गरिएको उनले बताए ।

नर्सरीदेखि कक्षा ५ सम्मका ५० जना विद्यार्थीमा समस्या देखिएकाले विद्यालय बन्द गरिएको युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीले जानकारी दिए । उनकाअनुसार विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि जनविकास मावि बेंसीसहर र युनिभर्सल एकेडेमीको ५ कक्षासम्म बन्द गरिएको हो ।

टिप्पणीहरू