मिटरब्याजी दम्पतिविरुद्ध मुद्दा, सोझा किसान ठगेको आरोप

मिटरब्याजी दम्पतिविरुद्ध मुद्दा, सोझा किसान ठगेको आरोप

सर्लाहीको कविलास नगरपालिका–२ का मिटरब्याजी श्यामकृष्ण साह दम्पतिविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । सोझा किसानहलाई झुक्याएर चर्को ब्याजमा ऋण दिएको ठहर गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले साह र उनकी पत्नीलाई विपक्षी बनाउँदै अदालतमा मुद्दा दायर गरेको हो ।

श्याम परदेशी नामले चिनिएका उनले गाउँघरका सोझा किसानलाई कीर्ते तमसुक बनाएर ऋण दिएको देखाएका थिए । उनीहरुलाई पाँच गुणभन्दा बढीको कागज गराइएको सम्पत्ति शुद्धीकरण विभागले जानकारी दिएको छ ।

विभागले परदेशीसँग तीन करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो माग दाबी गरेको छ । उनकी पत्नी मञ्जुदेवीलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण विभागले ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो माग गरेको छ ।

टिप्पणीहरू