माधव नेपालहरु पनि आन्तरिक छलफलमा व्यस्त

माधव नेपालहरु पनि आन्तरिक छलफलमा व्यस्त

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको छ । उहाँले पार्टी कार्यालय आलोकनगरमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतकासँग बिहान पौने १२ बजेदेखि कुराकानी थाल्नुभएको हो ।

छलफलमा पार्टी स्कुल विभागका प्रमुख प्रमेश हमाल,महासचिव बेदुराम भुसाललगायत झण्डै एक दर्जन केन्द्रीय नेता रहेको पार्टी स्रोतले बताएको छ । उहाँहरुबीच सत्तारुढ गठबन्धनले गठन गरेको आगामी निर्वाचनमा सिट बाँडफाँडसम्बन्धी छलफलमा प्रस्तुत हुने रणनीतिबारे विस्तृत रुपमा छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू