लगातारको वर्षाले प्रहरी कार्यालय डुब्यो, खाद्यान्न र कागजात बाढीले बगायो

लगातारको वर्षाले प्रहरी कार्यालय डुब्यो, खाद्यान्न र कागजात बाढीले बगायो

गए रातिको अविरल वर्षापछि भक्तपुरका विभिन्न ठाउँ जलमग्न भएको छ । विशेषगरि मनोहरा नदी आसपासको क्षेत्र डुबेको छ ।

काँडाघारीमा रहेको प्रहरी प्रभागको कार्यालय भवन डुबेको छ । भवनको तल्लो तल्लामा रहेको खाद्यान्न, फर्निचर, कागजपत्रलगायत सामान बाढीले बगाएको बताइन्छ ।

मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीका प्रायः सबै घर टहरा डुबेका छन् । केही टहरालाई राति नै बाढीले बगाएको प्रहरीले बताएको छ ।

मानवीय क्षति भने भएको छैन । खोला किनारामा राखिएका बंगुर तथा कुखुरा फार्ममा बाढीको सबैभन्दा धेरै असर पुगेको छ ।

टिप्पणीहरू