क्रिप्टो कारोबारी अमित जेल चलान,करोडौं डलर अपचलनको प्रमाण फेला

क्रिप्टो कारोबारी अमित जेल चलान,करोडौं डलर अपचलनको प्रमाण फेला

क्रिप्टोकरेन्सी कारोबारबाट विदेशमा करोडौँको अवैध सम्पत्ति जम्मा गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठलाई जेल चलान गरिएको छ । आज जिल्ला अदालत काठमाडौँले उनले गैरकानुनी कारोबार गरेको ठहर गर्दै पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो ।

अष्ट्रेलिया,क्यानाडा र नेपालका विभिन्न बैंकमार्फत करोडौँको अवैध कारोबार गरेको आशंकामा पक्राउ परेका श्रेष्ठविरुद्ध नेपाल राष्ट्र बैंक ऐन,२०५८ सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा भएको सुनुवाईपछि आज अदालतले उनलाई दोषी ठहर गरेको हो ।

श्रेष्ठ गत असार २७ गते लाजिम्पाटबाट पक्राउ परेका थिए । प्रारम्भमा उनको साथबाट दुई वटा ल्यापटप र मोबाइल बरामद गरी प्रहरीले अनुसन्धान थालेको थियो । प्रारम्भिक अनुसन्धानमा शंकास्पद कारोबार खुल्न आएपछि प्रहरीले जिल्ला अदालतको अनुमतिमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको हो ।

“मोबाइल र ल्यापटप परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाई थप अनुसन्धान गर्ने क्रममा स्वदेश तथा विदेशका बैंकहरुमा श्रेष्ठको अस्वाभाविक कारोबार पुष्टि हुन आएको हो । “

अनुसन्धानका क्रममा प्रहरीले बरामद भएका मोबाइल र ल्यापटप परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाई थप अनुसन्धान गर्ने क्रममा स्वदेश तथा विदेशका बैंकहरुमा श्रेष्ठको अस्वाभाविक कारोबार पुष्टि हुन आएको हो ।

प्रहरीका अनुसार फरेन्सिक प्रतिवेदनमा कमन–वेल्थ बैंक अफ अष्ट्रेलियामा श्रेष्ठको नाममा रहेको खाताबाट १ लाख ९४ हजार २८५ डलर रकम कारोबार भएको खुलेको छ । रोयल बैंक अफ क्यानाडामा १८ लाख ७४ हजार ४२१ डलर नगद र शेयर कारोबार पनि देखिएको छ ।

त्यस्तै,नेपालमा एभरेष्ट बैंकमा रहेको उनको खाताबाट दुई करोड छ लाख छ हजार छ सय र एनआईसी एशिया बैंकको खाताबाट ६५ लाख चौबीस हजार नौ सय नेपाली रुपैयाँ नगदसहित विभिन्न कम्पनीमा सेयर लगानी भेटिएको प्रहरीले जनाएको छ । काठमाडौँको कलंकी, लाजिम्पाट र पानीपोखरीमा करोडौँको अपार्टमेन्ट र जग्गा जमिन गरी करिब साढे चार लाख डलर बराबरको सम्पत्ति श्रेष्ठको नाममा रहेको छ ।

अमित श्रेष्ठकाे थप कर्मकाण्डबारे जनआस्थामा गत वर्ष प्रकाशित दुई रिपाेर्ट हेर्नुहाेस्

भिआइपी युवती बैँकिङ्ग ठगीमा पक्राउ

भीआईपी युवती छुटिन्, नुवाकोटे केटो ६ करोडमा डुब्यो

टिप्पणीहरू