रित्तो चेक भिडाउने गुप्ता २ वर्षपछि समातिए

रित्तो चेक भिडाउने गुप्ता २ वर्षपछि समातिए

खातामा पर्याप्त रकम नभएको जानीजानी खाली चेक भिडाउने एक जना समातिएका छन् । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका घर भई काठमाडौं, कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा पाउँदा पाउँदै पनि पीडितलाई झुक्याएर खाली चेक दिएका थिए । गुप्तालाई उच्च अदालत पाटनले २०७७ फागुन २३ गते चार दिन कैद सजाय र १० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।

उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत, काठमाडौंमा पेस गरिएको ब्युरोले जनाएको छ ।

टिप्पणीहरू