पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा

अमेरिकाको संघीय अनुसन्धान निकाय एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारेको छ । एफबीआईले छापा मारेको ट्रम्प आफैंले पुष्टि गरेका छन् ।

बिबिसीका अनुसार पाम बीचस्थित मार–ए–लागो रिसोर्ट एफबीआइको ठूलो समूहले कब्जा गरेको ट्रम्पले विज्ञप्तिमा जनाएका छन् । अमेरिकास्थित सीबीएस न्युजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको उल्लेख गरेको छ ।

ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति पदका लागि पुनः उम्मेदवार दिने बताइरहेका बेला उनीमाथिको छानबिन लम्बिने भएको छ । गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू