एक भाइ जापानमा, अरु भाइ नेपालमा बसेर हुण्डी कारोबार

एक भाइ जापानमा, अरु भाइ नेपालमा बसेर हुण्डी कारोबार

विदेशी विनिमय अपचलन गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले नुवाकोटका नवराज ढुंगाना, शिव सर्भिस एण्ड मल्टीपर्पोज प्रालिका सञ्चालक फणिन्द्रप्रसाद ढुंगाना, सुवास क्यासमिर कलेक्सनका प्रोप्राइटर सुवासजंग पाण्डे र हाल जापान बस्ने प्रज्वल ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजुबाट खटिएको टोलीले नवराजलाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी कल डिटेल्स रेकर्डलगायत अन्य अनुसन्धानको क्रममा उक्त रकम हुण्डी कारोबारको भएको खुलेको हो ।

जापानमा रहेका प्रज्वलले सुवासजंग पाण्डेलाई बताएअनुसार सुवासले नवराज र फणिन्द्रलाई सो रकम उपलब्ध गराएको देखिएको विभागले जनाएको छ ।बरामद रकम पुष्टि गर्ने कुनै कागजात नभेटिएको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिएको, नेपाल आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी उक्त बराबरको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्राको अवैध कारोबार गरेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३९१०, ४९१०, ५, ९ (ग) तथा १२ विपरीत कसूर गरेको देखिएकोले मुद्दा दायर गरिएको जनाइएको छ ।

साथै विभागले बरामद भएको रकम जफतको पनि मागदाबी गरेको छ ।

टिप्पणीहरू