प्रभाकर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

प्रभाकर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय स्टार अल राउण्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि मुख्य प्रशिक्षक रहेका पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोचविहीन थियो । प्रभाकरले रणजी ट्रफिसहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् । यस्तै, उनीसँग अफगानिस्तान क्रिकेट टिम, रणजी ट्रफिमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघमा प्रशिक्षक भएर काम गरेको अनुभव छ ।

मुख्य प्रशिक्षक नियुक्त भएसँगै प्रभाकरले भने, ‘नेपाली क्रिकेटसँग काम गर्न इच्छुक छु । जहाँ क्षमतावान र प्रभावशाली खेलाडी छन् ।’ क्यानका अनुसार नेपाली टिम सम्हाल्न उनी एक हप्ताभित्र नेपाल आउने छन् ।

टिप्पणीहरू