गठबन्धन बैठकको सार : पहिले खाका तयार पारेपछि सिट भागबण्डा

गठबन्धन बैठकको सार : पहिले खाका तयार पारेपछि सिट भागबण्डा

निर्वाचनमा सिट भागबण्डा मिलाउन गठित सत्तारुढ गठबन्धन कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले कार्यदलको संयोजकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई तोकेको छ ।

बैठकमा सिट बाँडफाँडको मोडालिटीबारे सामान्य छलफल भएको कार्यदलका एक सदस्यले बताए । अर्का सदस्यले भने स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा सम्बन्धित पार्टीले लिने निर्णय भएको दाबी गरे । ‘काँग्रेसले जितेको क्षेत्र काँग्रेसले नै लिने, माओवादीले पहिला जितेको माओवादीले नै लिने, नेकपा एस. र जसपाको हकमा पनि यही नियम लागू हुनेछ । एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ,’ उनले भने ।

एमालेले जितेको क्षेत्र बाँडफाँड गर्दा सबैभन्दा धेरै काँग्रेसले लिने, यसो हुँदा काँग्रेस जम्माजम्मी ७० देखि ८० सिटभित्र सीमित रहनुपर्ने मोटामोटी निर्णय भएको बताइन्छ । तर, काँग्रेस भने आफूले ८० देखि ९० सिट पाउनुपर्नेमा अडानमा अडिग छ ।

टिप्पणीहरू