धनुषा रात्रिबस पल्टियो, ५ यात्रु घाइते

धनुषा रात्रिबस पल्टियो, ५ यात्रु घाइते

धनुषाको वीरेन्द्र बजारमा रात्रिबस दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । अन्य १५ जनालाई सामान्य चोटपटक लागेको छ

काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको रात्रिबस आज बिहान ४ बजे पल्टिएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार गम्भीर घाइते भएकालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।

सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

टिप्पणीहरू