कसले ल्यायो घरभित्रै थुनिनुपर्ने अवस्था ?

कसले ल्यायो घरभित्रै थुनिनुपर्ने अवस्था ?

पछिल्लो ७२ घण्टा ताइवानी नागरिक घरभित्रै बस्न बाध्य भए । वाह्य माहौल निकै डरलाग्दो बन्यो । समुन्द्री र तटीय क्षेत्रमा झन् धेरै त्रास उत्पन्न भयो । यस्तो अवस्था किन आयो ?

ताइपेइमा रहेका एक जना नेपालीले त्यहाँको गएको रातको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘छ दिनको गल्याङमल्याङपछि ।’ यस्तो गल्याङमल्याङ कसले गर्यो ? अनि किन गरियो ? सबैलाई थाहा छ,तर भन्न चाहँदैनन् ।

अमेरिकी सभामुख नेन्सी पेलोसीको हठपूर्ण भ्रमण र ताइवानी अधिकारीहरुको अबुझपूर्ण निम्तोका कारण अहिले जनता त्रासमा बाँच्न बाध्य भएका हुन् । पछिल्लो ७२ घण्टासम्म चीनका युद्धपोत,क्षेप्यास्त्र र लडाकू विमानहरू ताइवानको जल र आकाशमा देखिए ।

वार्ताको माध्यमबाट ताइवानलाई आफ्नै सुरक्षा छाताभित्र राखी थप समृद्ध बनाउने चिनियाँ नेतृत्वको चाहनालाई कुण्ठित बनाउन अमेरिकी अधिकारीहरु उद्दत भएपछि अहिलेको अवस्था उत्पन्न भएको आरोप छ ।

न्यूयोर्क टाइम्सकै एउटा समाचारलाई आधार मान्ने हो भने पनि ताइवानका बहुमत नागरिकले अहिलेको अस्पष्ट र यथास्थितिलाई केही स्मरण गर्न चाहन्छन् । उनीहरु चीन र ताइवानबीचको सौहार्द्रपूर्ण कुराकानीबाट समस्या समाधान भएको हेर्न चाहन्छन् । तर, अमेरिकी र उसका पक्ष राष्ट्रहरु त्यसको विरोधमा देखिएका छन् ।

सन् १९७० को दशकको उत्तरार्धदेखि चीनले ताइवानलाई ‘एक देश, दुई प्रणाली’ ढाँचाअन्तर्गत एकीकरणको प्रस्ताव राख्दै आएका छन् । यसबीचमा हङकङ र मकाउसमेत सोही सिद्धान्तमा चीनको परिधिभित्र आइसकेका छन् ।

टिप्पणीहरू