ज्योतिषले भनेकै दिन मङ्ग्सिर ४ मा चुनाव हुने,भोलि निर्णय

ज्योतिषले भनेकै दिन मङ्ग्सिर ४ मा चुनाव हुने,भोलि निर्णय

सत्ता गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्न सहमत भएका छन् । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हो ।

सहमतिअनुसार भोलि बिहीबार बस्ने बस्ने क्याबिनेट बैठकले चुनावको मिति घोषणा गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

निर्वाचन आयोगले मङ्सिर २ गते एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री देउवा र गृहसचिव टेकनारायण पाण्डेले ज्योतिष हेराउँदा चार गतेलाई उत्तम साइत जुरेपछि त्यही दिन चुनाव गर्ने गरी उहाँले छलफल गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू