बिजुलीको तार सर्ट हुँदा दम्पत्तिको मरण

बिजुलीको तार सर्ट हुँदा दम्पत्तिको मरण

आज एकै दिन करेन्ट लागेर तीन जनाको ज्यान गएको छ । देशका विभिन्न स्थानमा आज तीन जनाको करेन्ट लागेर मृत्यु भएको हो ।

दाङको राप्ती गाउँपालिका २, बाहुनपाटा बस्ने ३२ वर्षीय बासुदेव गाहा र उनकी श्रीमती २५ वर्षीया भीमा गाहामगरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ ।

प्रहरीका अनुसार घरमा बिजुलीको तार सर्ट हुँदा दुबै जना घटनास्थलमै बितेका हुन् ।

यसैगरी रुपन्देहीको देवदह नगरपालिका १०, चरङ्गे बस्ने ४२ वर्षीय भीमबहादुर कामु मगरको पनि करेन्ट लागेर आज बिहान निधन भएको छ ।

खेतमा पानी तान्ने क्रममा मोटरको तार सर्ट भएपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि गम्भीर घाइते उनको गौतमबुद्ध सामुदायिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो ।

टिप्पणीहरू