कम्युनिष्ट पार्टीका अध्यक्ष आरती उतार्न आजै पशुपति जाने

कम्युनिष्ट पार्टीका अध्यक्ष आरती उतार्न आजै पशुपति जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुनुहुने भएको छ । द्वन्द्वात्मक भौतिकवादलाई बैचारिक आदर्श मान्ने मुलुककै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका अध्यक्ष आज साँझ आरतीका लागि पशुपति जानुहुने भएको हो ।

ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार आरतीमा सहभागी हुन उहाँ आज साँझ साढे ५ बजे पशुपति पुग्नुहुनेछ ।

आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरकाे पनि दर्शन गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री हुँदा उहाँले पशुपति मन्दिरमा सुनको जलहरी चढाउनु भएको थियो ।

टिप्पणीहरू