जनार्दन सहभागी बैठकले चुनाव घोषणा गर्न पनि सक्ने

जनार्दन सहभागी बैठकले चुनाव घोषणा गर्न पनि सक्ने

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजेलाई डाकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्याबिनेटको नियमित बस्न लागेको हो । आजको बैठकले निर्वाचन मिति घोषणा गर्ने ५० प्रतिशत सम्भावना रहेको बताइन्छ ।

यसअघि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंसिर ४ गते प्रदेश र संघीय संसदको निर्वाचन गर्न उपयुक्त रहेको सुझाव दिएको थियो । सरकारले मिति घोषणाको तयारी गरे पनि अर्थमन्त्री जनार्दन शर्मा चर्को विवादमा परेपछि उक्त कार्य रोकिएको थियो ।

संसदीय विशेष छानबिन समितिले शर्मालाई चोख्याएपछि उहाँ हिजोदेखि पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । शर्मामाथिको छानबिन सकेर मात्र निर्वाचन मिति घोषणा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रहमा प्रधानमन्त्री देउवाले सहमति जनाएपछि तत्काललाई रोकिएको निर्वाचन मिति घोषणा आज हुनसक्ने सम्भावना बढेको हो ।

टिप्पणीहरू