अमेरिकी राष्ट्रपति फेरि ५ दिन एक्लै

अमेरिकी राष्ट्रपति फेरि ५ दिन एक्लै

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ । पहिलो पटक संक्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा पनि राष्ट्रपति संक्रमण मुक्त नभएपछि उनलाई पुनः संक्रमण भएको बताइएको हो ।

राष्ट्रपतिका चिकित्सकहरुका अनुसार तीन दिनअघि आइसोलेसनबाट बाहिर निस्किएका उनी फेरि संक्रमित भएका हुन् । राष्ट्रपति कार्यालयका चिकित्सक डा. केभिन ओ कनरले ७९ वर्षीय राष्ट्रपति पुनः आइसोलेसनमा फर्केका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुई पटक बुष्टर डोज लिएका थिए । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले अब कम्तीमा पाँच दिन एक्लै बस्नुपर्ने छ ।

राष्ट्रपति भवनको एउटा कोठालाई आइसोलेसन रुम बनाइएको बताइएको छ ।

टिप्पणीहरू