धरानका मेयरलाई सिंहदरबार छिर्ने निम्तोे

धरानका मेयरलाई सिंहदरबार छिर्ने निम्तोे

शहरी विकासमन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउन निम्तो दिनुभएको छ । उहाँले खानेपानीको विषयमा कुरा गर्न निम्तो दिनुभएको हो ।

मन्त्रीको निम्तो सुनेपछि हाँस्दै मेयर साम्पाङले, ‘म कहिले आऊँ त मन्त्रीज्यू ?,’ भनेर सोधनी गर्नुभयो । जवाफमा मन्त्रीले जतिसक्दो छिटोआउन आग्रह गरेको बताइएको छ ।

धरानस्थित खानेपानी र बसपार्कको समस्या हल गर्न आफूले पहल गर्ने मन्त्रीको प्रतिबद्धता छ ।

शहरी विकासमन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा उहाँहरुबीच उक्त कुराकानी भएको हो । सोही क्रममा चौधरीको भनाइ थियो, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ, त्यसमा उहाँ सबैभन्दा बढी इनोसेन्ट र कमिटेड पाउँछु । मान्छेहरु राम्रो गर्छुभन्दा उडाउँछन्, हाँसोको विषय बनाउँछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ ।’

टिप्पणीहरू