आज पनि संक्रमण उस्तै, २ जना बिते

आज पनि संक्रमण उस्तै, २ जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर थप पाँच सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । चार हजार दुई सय ८२ जनामा गरिएको परीक्षणमा पाँच सय ७७ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार चार सय ७४ पिसीआर परीक्षणमा तीन सय ९१ र एक हजार आठ सय आठ एन्टिजेन परीक्षणमा एक सय ८६ जनामा संक्रमण देखिएको हो ।

आज थप दुई सय ६९ कोरोना संक्रमित निको भएका छन् । संक्रमणका कारण आज दुई जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ६४ पुगेको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ५६ पुगेको छ ।

टिप्पणीहरू