भारतीय सेनाको लडाकू विमान दुर्घटनाग्रस्त,२ जनाको निधन

भारतीय सेनाको लडाकू विमान दुर्घटनाग्रस्त,२ जनाको निधन

भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना भएको छ । राजस्थानमा भएको प्रशिक्षण उडान क्रममा विमान दुर्घटनामा परेको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनामा दुबै जना विमान चालकको मृत्यु भएको छ । मिग २१, लडाकू जेट विमान उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट पाँच सय ३२ किलोमिटर पश्चिमको बारमेर जिल्लामा हिजो अबेर दुर्घटनामा परेको हो ।

टिप्पणीहरू