चीनको वुहानमा पुनः लकडाउन

चीनको वुहानमा पुनः लकडाउन

चीनको वुहानमा पुनः लकडाउन भएको छ । स्थानीय चार जनामा लक्षणविहीन कोरोना संक्रमण पुष्टि भएसँगै शहरमा लकडाउन गरिएको हो ।

चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । सोही कारण चीनमा अन्य देशको तुलनामा कम मानिसको मृत्यु भएको बताइन्छ ।

वुहान त्यहि शहर हो, जहाँ साढे दुई वर्षअघि कोरोना महामारीको भाइरस पहिलो पटक पत्ता लागेको थियो ।

टिप्पणीहरू