ट्रिपरको ठक्करबाट साइकल चालकको मृत्यु

ट्रिपरको ठक्करबाट साइकल चालकको मृत्यु

झापामा ट्रिपरको ठक्करबाट साइकल चालकको ज्यान गएको छ ।

हिजो साँझ बागमती प्रदेश–०३–००१ क २१२ नम्बरको ट्रिपरले ठक्कर दिँदा पाँचथर तुम्बेवा गाउँपालिका–५ का अन्दाजी १६ वर्षीय संजिप ईम्सङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रिर चालक मकवानपुर चुरेमाइ नगरपालिकाका–५, का ३१ वर्षीय सुजन वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू