इराकको संसद भवन प्रदर्शनकारीको कब्जामा

इराकको संसद भवन प्रदर्शनकारीको कब्जामा

इराकको राजधानी बग्दादस्थित संसद भवनलाई प्रदर्शनकारीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरु उच्च सुरक्षा क्षेत्र तोडेर संसद् भवन प्रवेश गरेका हुन् ।

धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरूले संसद भवन आफ्नो नियन्त्रणमा लिएका हुन् । सुरक्षा घेरा तोडेर प्रदर्शनकारीहरु संसदभित्र प्रवेश गरेका कारण अवस्था असहज बन्दै गएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरू प्रवेश गर्नुअघि नै संसद भवनबाट सबै सांसदहरु बाहिरिएका थिए । प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवनबाट बाहिर जान भनेका छन् । तर उनीहरु नाचगान गर्दै त्यहिँ बसिरहेका छन् ।

गत अक्टोबरको आमनिर्वाचनमा धर्मगुरु सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार गठन हुन सकेको छैन । नौ महिनापछि इराकमा पुनः राजनीतिक अशान्ति सुरु भएको हो ।

टिप्पणीहरू