नागरिकता विधेयक राष्ट्रियसभामा, गृहमन्त्री नारायणकाजीको निवासमा

नागरिकता विधेयक राष्ट्रियसभामा, गृहमन्त्री नारायणकाजीको निवासमा

गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आज बिहान नेता श्रेष्ठको निवास हात्तीवनमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभामा रहेको नागरिकता विधयेकसँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएकोे बताइएको छ ।

राष्ट्रियसभा सांसदसमेत रहनुभएका नेता श्रेष्ठ नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकोमा असन्तुष्ट हुनुहुन्छ । हिजो मात्रै उहाँले प्रक्रिया र अन्तरवस्तु दुवै हिसाबले विधेयक गलत ढंगले अघि बढाइएको भन्दै सार्वजनिक रुपमै सरकारको आलोचना गर्नुभएको थियो ।

आज राष्ट्रियसभामा नागरिकता विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको सन्दर्भमा विधेयकलाई लिएर असन्तुष्ट रहनुभएका श्रेष्ठलाई भेट्न गृहमन्त्री हात्तीवन पुग्नुलाई चासोका साथ हेरिएको छ । सत्तापक्षकै प्रभावशाली सांसद विधेयकको विपक्षमा उभिँदा गलत सन्देश जाने भन्दै गृहमन्त्री खाँण श्रेष्ठलाई भेट्न पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू