मध्य बर्खामा गुडिरहेको बसमा आगलागी, ६ जना गम्भीर घाइते

मध्य बर्खामा गुडिरहेको बसमा आगलागी, ६ जना गम्भीर घाइते

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना. ५ ख ५१०० नम्बरको बस नवलपरासी पूर्वको दाउन्नेमा आगलागी भएको छ । आगलागीबाट बसमा सवार ३१ जना यात्रु घाइते भएका छन् । तीमध्ये छ जनाको अवस्था गम्भीर छ ।

गुडिरहेको बस अनियन्त्रित भएपछि सडक छेउमा पल्टिएर आगो लागेको नवलपुर प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ ।

अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

टिप्पणीहरू