प्रधानमन्त्रीकै सामुन्ने नाराबाजी

प्रधानमन्त्रीकै सामुन्ने नाराबाजी

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी भएको छ । कार्यक्रममा उपस्थित एक युवाले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक खारेज गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भीमसेन थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो ।

प्रधानमन्त्री देउवा बोल्नै लाग्दा एक युवाले प्लेकार्ड देखाएपछि अरुले पनि नाराबाजी गरेका हुन् । उनीहरुले ‘नागरिकता विधेयक खारेज गर्, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ’ भन्दै नारा लगाएका थिए ।

नाराबाजी गरिरहेका युवासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू