कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई युनेस्कोको सम्मान

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई युनेस्कोको सम्मान

कोरोना महामारीको समयमा संक्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मी सम्मानित भएका छन् । बाँके युनेस्को क्लबले संस्थाको १० औँ अधिवेशनको अवसरमा कोरोनाकालमा अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।

भेरी अस्पताल नेपालगञ्जका पूर्वप्रमुख डा.प्रकाश थापा, कन्सल्ट्यान्ट एनस्थेसियोलोजिष्ट डा. पारस पाण्डे, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीलाई सम्मान गरेको युनेस्कोले जनाएको छ ।

उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।

टिप्पणीहरू