धर्मभक्तका लागि काम गर्ने मान्छे चाहियो

धर्मभक्तका लागि काम गर्ने मान्छे चाहियो

भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा डेढ दर्जन बढी कर्मचारी भर्ना गर्ने भएको छ । केन्द्रले आन प्रकाशित गरेको विज्ञापनमा २० जना स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको हो ।

मागिएका कर्मचारीमा एनेस्थेसिया असिष्टेन्ट, रजिष्ट्रार रेडियोलोजी, रजिष्ट्रार प्याथोलोजी र हेल्थ केयर म्यानेजमेन्ट अधिकृत एक–एक जना छन् । त्यस्तै, असिष्टेन्ट फर्मासिष्ट र ल्याब असिष्टेन्ट दुई–दुइ तथा स्टाफ नर्स र मेडिकल अधिकृत छ–छ जना मागिएको छ ।

इच्छुक उम्मेदवारलाई सूचना जारी गरेको २१ दिनभित्र आवेदन दिन प्रत्यारोपण केन्द्रले आग्रह गरेको छ । यस्तै, म्याद नाघेका वा रीत नपुर्याइएका निवेदनलाई केन्द्रले अस्वीकृत गर्ने जनाएको छ ।

दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षा मितिलगायत जानकारी केन्द्रको सूचना पाटी र वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू