भुवन केसीले पर्सि अन्तरवार्ता दिने

भुवन केसीले पर्सि अन्तरवार्ता दिने

अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षको निम्ति पर्सि अन्तरवार्ता दिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका निम्ति आवेदन दिएका उम्मेदवारहरुको अन्तरवार्ता मिति तोकेको छ । जसमा केसीको पालो पर्सि दिउँसो परेको हो ।

बोर्डको अध्यक्षमा दरखास्त दिएकामध्ये छनोट भएका उम्मेदवारहरुको अन्तरवार्ता पर्सिबाट लिन लागिएको हो । सोही क्रममा उम्मेदवारहरुले कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्ने छ । पर्सि बिहान बिहान ७ बजेदेखि १० बजेसम्म अरुणकुमार प्रधान, दिपक श्रेष्ठ र नरेशकुमार पौड्यालको अन्तरवार्ता पालो छ ।

दिउँसो ४ बजेदेखि साँझ ८ बजेसम्म निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित र सम्झना उप्रेती रौनियारलाई बोलाइएको हो ।

सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीको शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म समय निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

बोर्ड अध्यक्षका लागि मन्त्रालयले गत असार ५ आवेदन माग गरेको थियो । अध्यक्षको कार्यकाल दुई वर्ष तोकिएको छ ।

टिप्पणीहरू