मोदीलाई नभेटी दिल्लीबाट फर्कंदै प्रचण्ड

मोदीलाई नभेटी दिल्लीबाट फर्कंदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ ।

तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्लीमा रहनुभएका प्रचण्डले मोदीसँग भेट्ने बताइएको थियो । भारत जानुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँ आफैंले मोदीसँग पनि भेट हुने बताउनु भएको थियो ।

तर, भ्रमणको अन्तिम दिन आज प्रचण्डले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्ड नड्डाको विशेष निमन्त्रणमा शुक्रवार दिल्ली जानु भएको हो । उहाँ आजै केहीबेरमा स्वदेश फर्किदै हुनुहुन्छ ।

टिप्पणीहरू