करेन्ट लागेर जनप्रतिनिधि बिते

करेन्ट लागेर जनप्रतिनिधि बिते

पर्वतमा लुगा सुकाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विहादी गाउँपालिका–१ का ४० वर्षीय दिपक गुरुङको हिजो मृत्यु भएको हो ।

घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै प्राण गएको पर्वतका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।

‘सार्वजनिक बिदाको दिन पारेर उहाँले आफ्नो लुगा धुनुभएको रहेछ,’ डिएसपीले भने, ‘सोही लुगा तारमा सुकाउने क्रममा उहाँलाई करेन्ट लागेको हो ।’

मृतकको शव पर्वत अस्पतालमा राखिएको छ । गुरुङ गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट विहादी गाउँपालिका १ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू