विश्व सुन्दरीको कान्छो र जेठो रोजाइ

विश्व सुन्दरीको कान्छो र जेठो रोजाइ

सन् १९९४ की मीस युनिभर्स तथा भारतीय अभिनेत्री सुष्मिता सेन पुनः प्रेम सम्बन्धका कारण चर्चामा आएकी छन् । पछिल्लो पटक उनी र आइपिएलका पूर्वअध्यक्ष तथा व्यापारी ललित मोदी प्रेम सम्बन्धमा छन् ।

उनीहरुले हिजो ट्वीटरमार्फत् आफूहरु प्रेम सम्बन्धमा रहेको खुलासा गराएका हुन् ।

ललितले सुष्मितासँगको रोमान्टिक तस्बिर सार्वजनिक गरेपछि धेरै फ्यान आश्चर्यचकित बनेका छन् । ललितले हालसालै र पहिले खिचेका गरी चार वटा तस्बिर पोस्ट गरेका छन् ।

एउटा फोटोमा सुष्मिताको कपाल सुम्सुम्याएर एक अर्काले मायालु पाराले आँखा जुधाएका छन् । त्यसैगरी,अर्कोमा सुष्मिता ललितको काँधमा आफ्नो टाउको राखेर मुस्कुराइरहेकी छन् ।

यता,ललितले भने उनलाई आफ्नो ‘बेटर हाफ’ भनेर सम्बोधन गरेका छन् । त्योसँगै उनले ‘नयाँ सुरुवात र नयाँ जीवन’, भनेर स्टाटस लेखेका छन् । जसमा धेरै किसिङ र हार्ट ईमोजीहरु पनि थपिएको छ ।

गत वर्ष सुष्मिता आफूभन्दा उमेरले डेढ दशक कान्छो प्रेमी रोहमन सलसँग अलग्गिएकी थिइन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको जोडीले अन्तिममा छुट्टिने निर्णय लिएको थियो ।

यस्तै सुष्मिताका अहिलेका प्रेमी ललित मोदी र मिनल सगरानी सन् १९९१ मा विवाह बन्धनमा बाँधिएका थिए । सन् २०१८ मा मिनलको क्यान्सरका कारण निधन भएको थियो । उनीहरुका एक छोरा र छोरी छन् ।

टिप्पणीहरू