एसपीपी अस्वीकारपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको दाबी

एसपीपी अस्वीकारपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको दाबी

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावित अमेरिका भ्रमण रद्द भएको सत्तारुढ गठबन्धनका एक जना मुख्य नेताको दाबी छ ।

यस्तो दाबी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको हो । क्याबिनेटले एसपीपी अस्वीकार गर्ने निर्णय गरेसँगै प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको उहाँले बताउनुभयो ।

‘एसपीपी यसअघि केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीले त्यसलाई हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’, अध्यक्ष नेपालले भन्नुभयो ।

टिप्पणीहरू