आज २२९ जनामा काेरोना संक्रमण

आज २२९ जनामा काेरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २२९ जना कोरोना संक्रमित भेटिएका छन् । तीन हजार ७१८ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय ४४ जनाको पिसीआर परीक्षण गर्दा १६१ र दुई हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको हो ।

आज थपिएकासँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८४ पुगेको छ । आज ४८ जना कोरोना संक्रमित निको भएका छन् ।

आज काठमाडौंमा ९१, लतिपुरमा नौं, भक्तपुरमा चार जनामा कारोना संक्रमण देखिएको हो ।

टिप्पणीहरू