हतियार किनेर तयारी

हतियार किनेर तयारी

देशमा महँगी बढिरहेको छ । आर्थिक संकट चर्किरहेको छ । जनताले राम्ररी खान पाइरहेका छैनन् । यस्तो बेला सरकारले प्रहरीका लागि हतियार किन्ने तयारी हुँदै छ । त्यसको लागि बजेटसमेत छुट्याइसकिएको समाचार सुनिँदै छ ।

केही विश्लेषकले यस्तो भनेको पनि सुनियो कि देश श्रीलंका होला कि भन्ने चिन्ता बढिरहेको छ, यस्तो बेला सरकार प्रहरीको लागि हतियार किन्न खोज्दै छ । दिमाग त छ है यो सरकारको ?

वास्तवमा यति बेला हतियार किन्न खोजिएकोमा सरकारको आलोचना होइन, तारिफ पो गर्नुपर्छ । नेपाल अब श्रीलंकाजस्तो बन्न सक्छ भन्ने कुरा हामीले सरकारलाई भन्नुपर्छ र ? त्यो सरकार आफैलाई थाहा छ नि !

वास्तवमा त्यो थाहा भएरै त यति हतियार किन्न खोजेको होला सरकारले । देश श्रीलंकाजस्तो भयो भने जनताले राष्ट्रपति भवनमा ठोक्न सक्छ । प्रधानमन्त्रीलाई सक्छन् ।

नेताहरूलाई जहाँ भेट्यो त्यहीँ छनक दिन सक्छन् । त्यसैले सुरक्षा व्यवस्था त बढाउनु प¥यो नि ! त्यही सुरक्षा व्यवस्था बढाउन हतियार किन्न लागेको हो । यो हतियार किनेर देश श्रीलंकाजस्तो बन्ने होइन ।

देश श्रीलंकाजस्तो बन्ला भनेरचाहिँ सरकारले हतियार किन्न लागिएको हो । अहिले श्रीलंकामा के भयो ? राष्ट्रपति र प्रधानमन्त्री नै भाग्नुप¥यो नि होइन ? केही गरी नेपालमा पनि त्यही अवस्था आयो भने के गर्ने ? तयारी गर्नु परेन ?

टिप्पणीहरू