कित्ताकाटका बीच उपेन्द्र निकट यादवले जसपा छोडिन्

कित्ताकाटका बीच उपेन्द्र निकट यादवले जसपा छोडिन्

मन्त्री हेरफेरपछि असन्तुष्ट रहेकी जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले पार्टीको सबै जिम्मेवारीबाट मुक्त हुने निर्णय गरेकी छिन् । अध्यक्ष उपेन्द्र यादवको ‘किचेन क्याविनेट’ सदस्यका रुपमा चिनिएकी उनले आज केन्द्रीय सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएकी हुन् ।

पार्टी अध्यक्ष यादवलाई उनले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत समस्याका कारण जिम्मेवारी छोड्नु परेको उल्लेख गरिएको छ । ‘जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ आजकै मितिदेखि लागू हुनेगरी पार्टीले मलाई दिएको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको ब्यहोरा यहाँलाई जानकारी गराउँदछु’, राजीनामा पत्रमा भनिएको छ ।

आन्तरिक विवादका कारण फुटको नजिक पुगेको जसपाका दुई पक्षले अलग-अलग केन्द्रीय समिति बैठक बसेको सन्दर्भमा संस्थापन पक्षकी प्रभावशाली नेतृको आकस्मिक राजीनामालाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू