बदर भयो स्वास्थ्यका कर्मचारीको स्तरवृद्धि

बदर भयो स्वास्थ्यका कर्मचारीको स्तरवृद्धि

सरकारले यसअघि गरिएको ६६ जना कर्मचारीको स्तरवृद्धिका निर्णय बदर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्तिको सचिवस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार गत पुस २८ गतेको निर्णयानुसार पाँचौ तहबाट छैटौं तहमा स्तरवृद्धि गरी पदनाम दिइएकोमा अहिले उनीहरुको उक्त स्तरवृद्धि बदर गरिएको हो ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (संशोधनसहित २०७०) दफा ९ को (१) अनुसार जुन तहबाट स्तरवृद्धि भएको हो सोही तहको काम गर्ने गरी ऐनको दफा ५ र नेपाल स्वास्थ्य नियमावली, २०५५ (संशोधनसहित २०७०)को नियम ७ बमोजिम स्तरवृद्धि गरी पदनाम दिइएको थियो ।

स्तरवृद्धि रद्द भएकामा शेरबहादुर बोहरा, दिनेशकुमार देवकोटा, पारसराय यादव, जीवनाथ पोखरेल, सञ्जिव साह, विष्णुराज जोशी, श्यामबाबु अधिकारी, पशुपति ढुंगाना, हिमादेवी दंगाललगायत छन् ।

टिप्पणीहरू