माओवादी जिल्ला नेतासङ्ग चिनियाँ कमरेडहरु

माओवादी जिल्ला नेतासङ्ग चिनियाँ कमरेडहरु

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोलीले नेकपा माओवादी केन्द्रका काठमाडौँ जिल्ला संयोजक उमेश स्थापितसँग भेट गरेको छ ।

चार दिने औपचारिक भ्रमणका लागि आइतवार काठमाडौँ आइपुगेको टोलीले आज स्वदेश फर्कनुअघि स्थापितसँग भेटेको हो । माओवादी केन्द्रको भ्रातृ संगठन नेवाः मुक्ति मोर्चाको केन्द्रीय सचिवसमेत रहेका स्थापितलाई भेट्न पाहुना टोली माओवादी काठमाडौँ जिल्ला समन्वय समितिको कार्यालय पुगेको थियो ।

सरकार र पार्टीको उच्च तहमा भेटघाट सकेर चिनियाँ नेताले यसअघि आजै जियान्चाओको टोलीले एमाले जिल्ला संयोजक कृष्ण राईलाई भेटेको थियो ।

टिप्पणीहरू