वर्षासँगै करेन्ट लागेर बित्नेको संख्या पनि बढ्यो

वर्षासँगै करेन्ट लागेर बित्नेको संख्या पनि बढ्यो

करेन्ट लागेर हिजो दुई युवकको ज्यान गएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–११ सेतिभीरका २९ वर्षीय सुकलाल जिम्बा करेन्ट लागेर बितेका छन् ।

घरको पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको गढीमाई अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, कैलालीमा पनि करेन्टबाट हिजो एक युवकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित नेपाल विद्युत प्राधिकरण अत्तरियाको कम्पाउण्डभित्र करेन्ट लागेर २१ वर्षीय सन्तोष भण्डारीको ज्यान गएको हो ।

बझाङ केदारस्यु गाउँपालिका–१ बस्ने भण्डारीको सु.प.प्र. ०१–००१–ख २६७४ नम्बरको ट्रकमा विद्युतीय तारहरू लोड गर्ने बेला करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू