माधव नेपालले कसैसँग पनि एकता नगर्ने

माधव नेपालले कसैसँग पनि एकता नगर्ने

सत्तामा रहेका दुई प्रमुख कम्युनिष्ट पार्टीबीच एकीकरणको चर्चा चलिरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कसैसंग एकता नहुने प्रष्ट पार्नुभएको छ । प्रेस संगठन धनगढीले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचनअघि पार्टी एकता सम्भवः नरहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले पार्टी एकताका विषयमा चलेका चर्चामा कुनै सत्यता नरहेको बताउँदै एक्लै चुनावमा होमिने समेत दाबी गर्नुभयो । ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपनामात्रै हो । निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’

उहाँले एकीकृत समाजवादी पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू