चाँगुनारायणमा स्कुटर चालकको ज्यान गयो

चाँगुनारायणमा स्कुटर चालकको ज्यान गयो

भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा मिनी ट्रकसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको ज्यान गएको छ ।

बा. ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा. ६७ प ८४२२ नम्बरको स्कुटर ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । हिजो साँझ भएको दुर्घटनामा गम्भीर घाइते बस्नेतको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

ओभरटेक गर्ने क्रममा स्कुटर मिनी ट्रकसँग ठोक्किएको थियो । मिनी ट्रकका चालक भक्तपुर नगरपालिका ८ लिवाली बस्ने ४३ वर्षीय सत्यराम कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू