चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख आइतबार आउने

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख आइतबार आउने

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ । उहाँ चार दिने भ्रमणमा आउन लाग्नुभएको हो ।

चिनियाँ पाहुनाले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुखलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट हुनेगरि तयारी गरिएको चिनियाँ पक्षले बताएको छ ।

परराष्ट्र मन्त्रालयले पनि उहाँको भ्रमण पुष्टि गरेको छ । तर सबै विषयबारे टुंगो लागिनसकेको स्रोतले जानकारी गरायो ।

हालै विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका जियानचाओले एमाले र माओवादी अध्यक्ष तथा परराष्ट्रमन्त्रीसँग भर्चुअल सम्वाद गर्नुभएको थियो ।

टिप्पणीहरू