पदका लागि मारामार,सबैलाई चित्त बुझाउन माओवादीमा संख्या थप

पदका लागि मारामार,सबैलाई चित्त बुझाउन माओवादीमा संख्या थप

नेकपा माओवादी केन्द्रले आकांक्षी सबैलाई चित्त बुझाउन पोलिटब्युरो सदस्यको संख्या बढाएको छ । अध्यक्ष प्रचण्डले जारी केन्द्रीय समिति बैठकमा १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गर्दै नाम वाचन गरेको एक घण्टामै उक्त संख्या बढाएर १५६ पुर्याइएको हो ।

थपिएका नामसहित अहिले प्रचण्डले तेस्रो लिष्ट वाचन गर्दै हुनुहुन्छ । जसमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने जनाइएको छ । ३१ जना वैकल्पिक बनाएर १५६ जनाको पोलिटब्युरो बनाउन सकिन्छ,प्रचण्डले बैठकमा प्रस्ताव गर्दै भन्नुभयो, ‘केन्द्रीय कमिटीमा बैकल्पिक राखेपछि पोलिटब्युरोमा पनि थप्न मिल्छ।’

यसअघि सिनियर नेतालाई छुटाएर जुनियरलाई पोलिटब्युरोमा लगिएको भन्दै विवाद भएपछि बैठक स्थगित गरेर शीर्ष नेताहरुले छुट्टै छलफल गरेका थिए ।

टिप्पणीहरू