मध्यराति स्वयम्भू नजिकै सवारी दुर्घटना हुँदा एकजनाको प्राणान्त

मध्यराति स्वयम्भू नजिकै सवारी दुर्घटना हुँदा एकजनाको प्राणान्त

आज बिहान साढे १ बजे स्वयम्भू नजिकै सानो भर्याङ्गमा स्कुटर दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मध्यराति बालाजुबाट स्वयम्भूतर्फ गैरहेको बा ९५ प ९७२३ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएर उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनालगत्तै घाइते दुबैजनालाई स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पुर्याइएकोमा स्कुटरको पछाडि रहेका चितवनको भरतपुर-७ का ४० वर्षीय अनुज लोहनीको उपचारकै क्रममा बिहान सवा दुई बजे निधन भएको हो ।

मृतकको शव मनमोहन अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । स्कुटर चालक भरतपुर-६ का ३५ वर्षीय प्रवल कोइरालाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू