स्वतन्त्रता दिवसमा ६ जनाको हत्या गर्ने संदिग्ध पक्राउ

स्वतन्त्रता दिवसमा ६ जनाको हत्या गर्ने संदिग्ध पक्राउ

अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्यामा संलग्न एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले संदिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरेको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ को संज्ञा दिएको छ ।

इलिनोइसको हाइल्याण्ड पार्कमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेका थिए । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।

आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यततत्र देखिन्छ । गोलाबारीमा पाँच जनाको घटनास्थलम र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो आक्रमण हो ।

टिप्पणीहरू