चोरिएका सवारी साधन भेटिन्छ : ट्राफिक प्रहरी

चोरिएका सवारी साधन भेटिन्छ : ट्राफिक प्रहरी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट हराएका दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) उमेशराज जोशीले चोरीपछि फेला पारिएका २० वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । उनले १७ वटा मोटरसाइकल र तीन वटा स्कुटर सम्बन्धित सवारी धनीलाई हिजो बुझाएका हुन् ।

ट्राफिक प्रहरी टोलीको विशेष सक्रियतामा खोजतलासपछि ती मोटरसाइकल फेला परेको बताइन्छ । ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा चार सय ६३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यसैगरी, चोरीमा संलग्न ४४ जनालाई पक्रेर आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरी वृत्त पठाइएको पनि ट्राफिक कार्यालयले जनाएको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत निवेदन दिन ट्राफिक कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू