जब पर्यो राति भनेझैँ स्वास्थ्य मन्त्रालय तात्यो

जब पर्यो राति भनेझैँ स्वास्थ्य मन्त्रालय तात्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको मनसुन सक्रिय भएकाले पूर्वतयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिएको छ ।

मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदुषण हुने उल्लेख गर्दै मन्त्रालयले हैजालगायत विभिन्न संक्रामक रोग फैलनसक्ने भएकाले पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सावधानी अपनाउनुपर्ने मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख समीरकुमार अधिकारीले बताए ।

विपद्का घटना–महामारीलगायतको प्रतिकार्यको निम्ति तयारी एवम् सतर्क रहन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न, आवश्यकतानुसार शैया व्यवस्थापन गर्न, औषधि–उपकरणहरुको प्रबन्ध मिलाउन निर्देशन दिइएको छ ।

अधिकारीले भने, ‘यसअघि नै मनसुन पूर्व–तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरेर आवश्यक कार्यार्थको निम्ति पठाइसकिएको छ ।’

टिप्पणीहरू