शेखर समूहको बैठक बसिरहेका बेला देउवाद्वारा केन्द्रीय समितिको आह्वान

शेखर समूहको बैठक बसिरहेका बेला देउवाद्वारा केन्द्रीय समितिको आह्वान

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय,वीपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र आगामी चुनावका विषयमा छलफल हुने बताएका छन् । यता सभापतिमा पराजित डा.शेखर कोइराला निकट नेताहरूले आज छुट्टै भेला गरेका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भेलामा कोइरालासहित महामन्त्री गगन थापा,सहमहामन्त्री जीवन परियार,उध्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू,डा.चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत सहभागी थिए ।

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आफूपक्षीय भेला राखेका हुन् ।

टिप्पणीहरू